News सेन्ट्रल कलेज भरतपुर सिरहा मेयर कपको सेमिफाइनलमा
गोलनेपाल

सिरहा । सेन्टर कलेज भरतपुर फुटबल क्लब, चितवन दोस्रो सिरहा मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनल खेलतर्फ भरतपुरले राष्ट्रिय जागृति क्लब, इटहरीलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । भरतपुरको जितमा रुमेश बर्तौला, राज भुषाल र अब्दुल्लाहले गोल गरे भने उता राष्ट्रिय जागृतिका लागि दुवै गोल उमेश राईले गरे ।

खेलको म्यान अफ द म्याच भरतपुरका रुमेश बर्तौला घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्राफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन १८ गते मंगलबारको खेल माँ कामाख्या स्पोर्टस क्लब, राँची झारखण्ड (भारत) र सलहेश युवा क्लब, सिरहाबीच हुने आयोजकले जनाएको छ ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments