News बुद्धभूमि र राईजिङ सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । बुद्धभूमि फुटबल एकेडेमी र राइजिङ–११ रुपन्देहीमा जारी दोस्रो न्यु इरा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सैनामैना–१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा बुद्धभूमिले राधाकृष्ण फुटबल क्लबमाथि ३–० को सहज जित निकाल्यो । बुद्धभूमिका लागि खेलको १३औं मिनटमा इन्द्र पुनले पहिलो गोल गरेका थिए ।

त्यस्तै दोस्रो हाफको १३औं मिनटमा अरुण चौधरीले दोस्रो गोल गरे भने दोस्रो हाफ कै १८औं मिनटमा बिमल श्रीसले तेस्रो गोल थप्दै बुद्धभूमिको सेमिफाइनल यात्रा तय गरेका थिए । खेलको म्यान अफ द म्याच बुद्धभूमिका बिमल श्रीस नै घोषित भए ।

राइजिङको संघर्षपुर्ण जित

त्यस्तै मंगलबार नै भएको दोस्रो क्वाटरफाइनलमा राइजिङ–११ ले आदर्श युवा क्लबमाथि टाईब्रकेरमा ३–२ को जित निकाल्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो ।

टाईब्रेकरमा राइजिङका गोलरक्षक बिवश बलाल नायक बने । बलालले विपक्षीका तीन पेनाल्टी प्रहार रोक्दै राइजिङलाई सेमिफाइनलमा पुर्याउन अहम भूमिका खेले । खेलको म्यान अफ द म्याच पनि राइजिङका गोलरक्षक बलाल नै चुनिए ।

प्रतियोगिता अन्तरगत फागुन १९ गतेको तेस्रो क्वाटरफाइनल खेल नव प्रतिभा युथ क्लब र मुर्गिया एफसीबीच हुने खेल संयोजक सुनिल शाहीले जानकारी दिए ।

नव युग युवा क्लब, सैनामैना–१ बनकट्टाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तुल तरामुले बताए । फाइनल खेल भने फागुन २५ गतेका दिन हुनेछ ।

 

Post Comments