News दशौँ बगर भाइखलक फुटबल प्रतियोगितामा २८ टिमको सहभागिता रहने
उमेश पुन

बगर भाइखलकको आयोजनामा चौथो स्व. रञ्जित गुरुङ स्मृति दशौँ बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान (४० वर्ष माथि) फुटबल प्रतियोगितामा २८ टिमको सहभागिता हुने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिदै बगर भाई खलकका महासचिव याम बहादुर गुरुङले पूर्व राष्ट्रिय खेलाडी तथा विभिन्न जिल्लाबाट सहभागि हुने बताए । पोखरा–१ टुडिखेल खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगल १ लाख ११ हजार १ सय ११ रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँयाका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपँया प्राप्त गर्नेछन भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर र फरवार्डले समान ५–५ हजार रुपैँया प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता आगामी फागुन २४ गते देखि २९ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगिताका लागि विधागत पुरस्कार बेलायतबाट ल्याइएको छ । यस प्रतियोगिता संचालन गर्न रु. १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने रु.१६ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न दिल बहादुर गुरुङको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति गठन गरिएको महासचिव याम बहादुर गुरुङले बताए ।

Post Comments