News दशौँ बगर भाइखलक फुटबल प्रतियोगितामा २८ टिम (खेलतालिकासहित)
उमेश पुन

पोखरा । बगर भाइखलकको आयोजनामा चौथो स्व. रञ्जित गुरुङ स्मृति दशौँ बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगितामा २८ टिमको सहभागिता रहने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिदै बगर भाई खलकका महासचिव याम बहादुर गुरुङले प्रतियोगिता यहि फागुन २४ देखि २९ गतेसम्म हुने बताए । साथै प्रतियोगितामा पूर्व राष्ट्रिय खेलाडी तथा विभिन्न जिल्लाका टोलीहरुको पनि सहभागि रहने उनले बताए ।

पोखरा–१ टुडिखेल खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगल १ लाख ११ हजार १ सय ११ रुपैँयाको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँयाका साथ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपँया प्राप्त गर्नेछन भने अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर र फरवार्डले समान ५–५ हजार रुपैँया प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । आयोजकका अनुसार प्रतियोगिताको विधागत पुरस्कार बेलायतबाट ल्याइएको छ ।

प्रतियोगिता संचालन गर्न करिब १५ लाख खर्च हुने बताइएको छ भने १६ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न दिल बहादुर गुरुङको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति गठन गरिएको महासचिव याम बहादुर गुरुङले बताए ।

Post Comments