News एक फुटबल समर्थकको एन्फालाई प्रश्न “फुटबल प्रेमी नेपालीहरुलाई कहिले सम्म दुःखी र आक्रोस बनाउंछौ?”
गोलनेपाल
  • टिपी निरौला

नेपाली फुटबलको उतारचढावले आश्चर्यचकित बनाउंछ । यो भन्दा अगाडि उमेर समुहको खेल त राम्रो थियो अब त त्यो पनि रहेन । अण्डर १६ को बिमल घर्तिमगरको टिमले एउटा उत्तर कोरिया संगको म्याचमा ड्र मात्र गर्दा उमेर समुहको विश्वकप खेल्ने मौका थियो दुर्भाग्य बस त्यो म्याच हार्यो ।

अब त भारतसँग पनि उमेर समुहमा ७ गोल खान थाल्यो । भुटानसंग ३ गोल खायो , कुबेतसँग राष्ट्रिय टिमले ७ गोल खायो । आक्कल झुक्कल बराबरी वा जित । एन्फा र सरकारको कुनै जवाफदेहिता छैन, जिम्मेवारी छैन सधैं किन यस्तो?

मैले बारम्बार भन्ने र देखेका कमजोरीहरुः

१) ग्रासरुटको प्रभावकारी योजना छैन ।
२) नियमित अभ्यास छैन ।
३) म्याच एक्सपोजर छैन ।
४) लिग छैन, योजना मात्र कागजमा बनाउंदै राख्दै ।
५) स्टेडिय देशमा एउटा नि छैन । भाको पनि लाजमर्दो छ ।
६) स्टेडियम मर्मत गर्न बर्षौ समय खपत हुन्छ ।
७) मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । भ्रष्टाचारमा कार्वाही छैन । खेलकुदमा वास्ता छैन ।
८) पदमा काम गर्न बस्ने भन्दा पनि आफु कमाउने मानसिकता ग्रसित छ ।
९) फुटबल बिकाशको एकेडेमी को कथा मात्र छ ।
१०) दुरदर्शि भिजन छैन, खेलकुद क्षेत्रमा लगानी पर्याप्त छैन ।
११) खेलाडीहरुलाई उपयुक्त उचित पारिश्रमिक र सेवा सुविधाहरु छैनन ।
१२) नेपाली कोचहरुको एकदम कमजोर मानसिकता ग्रसित छ ठुलो राष्ट र बलियो राष्ट्र भनेर खेलाडीहरुलाई अगाडि डर देखाउने, काम्ने ।
१३) सबै नेपाली कोचहरुमा तालिम दिने क्षमता छैन ।
१४) खेलाडि छनौट न्यायोचित छैन ।

एन्फा काम गर्न सक्दैनो भने किन नेपालीफुटबल प्रेमिहरुलाई संधै दुःखी बनाउंछौ । कि नेपाली फुटबल प्रेमिहरुले संधै हारी हाल्छ भनेर पहिले नै मानसिकता तयार पारेर बस्ने हो ?

(फुटबल समर्थक निरौलाले गोलनेपाललाई पठाएको पाठक प्रतिक्रियामा आधारित)

Post Comments
Advertisement Yamaha Nepal