News लुम्बिनी प्रदेशको यु–१३ छनौट कार्यक्रम सम्पन्न
सुरज राना मगर

दाङ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी बर्षदेखि क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्नका लागि यु–१३ खेलाडीहरु छनौट गर्ने निर्णय गरे बमोजिम लुम्बिनी प्रदेशबाट सो छनौट कार्यक्रम सम्पन्न भएको छ ।

यहि फागुन १९ र २० गते दाङको पुलिस स्कुलको मैदानमा भएको छनौट कार्यक्रमबाट २५ जना खेलाडीहरु छनौट भएको लुम्बिनी प्रदेश फुटबल संघका सह–महासचिव समिर वलीले जानकारी दिए । छनौट कार्यक्रममा लुम्बिनी प्रदेशका एन्फामा आवद्ध ७ जिल्लाबाट कुल १०८ जना खेलाडीहरु सहभागि भएको वलीले बताए ।

छनौट हुने खेलाडीहरुमा दाङबाट ७ जना छनौटमा परेका छन् । जसमा नारायण परियार, सिर्जन श्रेष्ठ, विवेक पुन मगर, विवेक घर्ती मगर, संयोग डाँगी, प्रतिक पुन मगर र गोपाल नेपाली रहेका छन् । त्यस्तै बर्दियाबाट ५ जना छनौट भएका छन् । जसमा शिव टमाटा, गणेश वली, दुर्लभ श्रेष्ठ, प्रवेश थापा मगर, दीपक बिक रहेका छन् ।

त्यस्तै बाँके जिल्लाबाट ३ जना छनौटमा परेका छन् । जसमा ईशान बम, पुकार वली, रुपेश बोहरा रहेका छन् । पाल्पाबाट पनि २ जना खेलाडी छनौटमा परेका छन् । छनौट हुनेमा निष्चल न्यौपाने, सन्तोष कार्की रहेका छन् । त्यसैगरी रुपन्देहीबाट भने तीन जना मात्र छनौट भएका छन् । जसमा अनिष तामाङ. युनिष केसी र अंगत बहादुर थापा रहेका छन् ।

नवलपरासी जिल्लाबाट प्रदेश स्तरमा छनौटमा ५ जना खेलाडी पर्न सफल भएका छन् । छनौटमा पर्नेमा सफल पाण्डे, निष्चल नेपाली, विवेक चौधरी, विवेक नेपाली र प्रज्वल थापा रहेका छन् ।

प्रदेशस्तरबाट छनौटमा परेका २५ खेलाडीहरुले अब केन्द्रीय छनौटमा सहभागिता जनाउने छन् ।

Post Comments