News फुटबलका अनवरत यात्री राईलाई सम्मान
गोलनेपाल

इटहरी । नेपाली फुटबलमा आफूलाई दशकौंदेखि समर्पित गराएका पूर्वेली फुटबलका हस्ती दिलिप राईले सुनसरी जिल्ला फुटबल संघले सम्मान गरेको छ ।

इटहरी–२ सुनसरी स्थित बुढासुब्बा खेलमैदानमा सम्पन्न फुटबल संघको आठौं वार्षिक साधारण सभा भएकै दिन राईलाई पनि उनले घरेलु फुटबलमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

सुनसरी जिल्ला फुटबल संघ कै पूर्व अध्यक्ष समेत रहेका राईलाई एक कार्यक्रमका बीच सम्मानपत्रका साथ सम्मानित गरिएको थियो । सम्मान ग्रहण पश्चात राईले यो सम्मानले आफूलाई अझै स्थानीय फुटबल विकास मै लागिरहन थप हौसला र प्रोत्साहन मिलेको बताए ।

सो अवसरमा अखिल नेपाल फुटबल संघ उपाध्यक्ष पंकज नेम्बाङ, मानार्थ उपाध्यक्ष तथा प्रदेश १ फुटबल संघका अध्यक्ष किशोर राई, सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्की लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments