News राष्ट्रिय टोलीमा नपर्नुमा भाग्यलाई दोष दिन चाहँदैनन् कर्ण (भिडियोसहित)
गोलनेपाल

नेपाली घरेलु फुटबलमा चर्चा कमाइरहेका पूर्वेली फरवार्ड कर्ण लिम्बुले आफू राष्ट्रिय टोलीमा नपर्नुमा भाग्य दोषी नरहेको बताएका छन् ।

घरेलु फुटबलमा सधै गोलस्कोरिङ लयलाई कायम राख्नुका साथै उत्कृष्ट प्रदर्शनका बावजुद लिम्बुले नेपालको राष्ट्रिय फुटबल टोलीमा राम्रोसँग स्थान पाउन सकेका छैनन् ।

फुटबल साईट गोलनेपालका अुनसार राष्ट्रिय टोलीका लागि उनले एकपटक यमन विरुद्धको मैत्रीपूर्ण फुटबल म्याचमा खेल्न अवसर पाएका थिए । यद्यपि त्यो खेलमा उनले केही मिनट मात्र खेल्न पाए । कुराकानीका क्रममा लिम्बुले त्यो खेल नै राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो र अन्तिम भएको समेत बताए ।

गोलनेपालसँग कुरा गर्दै लिम्बु भन्छन्, “म आफ्नो उत्कृष्ट लयमा हुँदा राष्ट्रिय टोलीमा रहेर कहिल्यै खेल्न पाएन । रेडबुल लिगमा उच्च गोलकर्ताको पुरस्कार जिते तापनि देशका लागि खेल्ने अवसर मेरो लागि कहिल्यै जुरेन ।

मलाई सधै नमब्जा लाग्थ्यो । म आफैलाई प्रश्न गर्थें, म राष्ट्रिय टोलीमा पर्न लायक छैन भने त्यो अवार्ड मलाई किन दिइन्थ्यो ? कसैले मेरो उचाईंलाई कारण माने, कसैले टेक्न्किल कुरालाई कारण देखाए । मलाई लाग्छ फुटबल केवल फुटबलको भावले खेलिन्छ र मैले आफ्नो करियरमा यो कुरा प्रमाणित गरेर पनि देखाएको छु ।”

कर्णलाई लाग्छ, उनीभित्र अझै पनि फुटबल खेल्ने क्षमता प्रर्याप्त छ । उनी अगाडी भन्छन्, “मैले अहिले सन्यासको बारेमा सोंचेको छैन । जतिबेला म सन्यास लिनेछु, त्यतिबेला मैले एउटा फुटबल एकेडेमी खोल्नेछु । म यो सुन्दर खेलबाट कहिल्यै टाढा रहन सक्दिन ।”

Post Comments