News एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत पहिलो सातादेखि शुरु हुन गईरहेको एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक गरेको छ ।

प्रतियोगितामा सात प्रदेशका लिग विजेताले सहभागिता जनाउँदै छन् । चैत २ देखि १५ गतेसम्म हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा मनकामना युवा क्लब, रौतहट र स्टार सिटी युवा क्लब, कैलाली भिड्ने छन् ।

प्रतियोगिताको सबै खेलहरु नेपालगंज स्टेडियममा हुने एन्फाले पुष्टी गरेको छ । प्रेसिडेन्ट लिगको शिर्ष चार स्थानमा रहने टोलीहरुले शहिद स्मारक ए डिभिजन लिगका शिर्ष ६ टोलीहरुसँग राष्ट्रिय लिग खेल्ने एन्फाले जनाएको छ ।

यस्तो छ एन्फा प्रेसिडेन्ट लिगको खेलतालिकाः

 

Post Comments