News सिवाईसी म्याङलुङ बन्यो गजेन्द्र स्मृति पुरुष फुटबलको च्याम्पियन
गोलनेपाल

आठराई (तेह्रथुम) । आठराई २ स्थित खाम्लालुङमा सम्पन्न गजेन्द्र इस्वो स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि म्याङलुङको सिवाईसीले जित्न सफल भएको छ ।

खाम्लालुङ मैदानमा भएको फाइनल भिडन्तमा तेह्रथुमकै सेन्लप युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सिवाईसी च्याम्पियन बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै तर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा भाग्यमानी बन्दा सिवाईसी ४–३ गोलअन्तरले विजयी हुँदै च्याम्पियन बनेको हो । सिवाईसीका लागि सुवास लिम्बू, विदुर लिम्बू, गजेन्द्र लिम्बू र ज्ञानेन्द्र भण्डारीले गोल गरेका थिए भने सेन्लपका लागि मनिष थापा, समिर राई र सनम लिम्बूको प्रहार मात्र गोलमा परिणत भएको थियो ।

विजेता बनेको सिवाईसीले उपाधिसहित नगद १ लाख २० हजार हात पार्यो भने उपविजेता सेन्लपले ८० हजारमा चित्त बुभायो । आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments