News
अर्किड बन्यो फुटसल च्याम्पियन
काठमाडौं । काँडाघारीस्थित अर्किड स्कुल तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।
मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित गर्याे । पेनाल्टीमा अर्किडबाट दिलकुमार तामाङ, उमेश कट्वाल, संगम कार्की, सरोज तामाङ र बसन्त ढकालले गोल गरे ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । सेमिफाइनलमा अर्किडले डाफोडिललाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । एकदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै