News धरान–१३ को जितमा परिवर्तनको चार गोल
गोलनेपाल

धरान । सुनसरीको धरानमा जारी २१औं गोधुली टुबोर्ग फुटबल रनिङ कपतर्फ सोमबार धरान–१३ ले गोलको बर्षा गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको खेलमा धरान–१३ ले धरान–४ लाई शुन्का विरुद्ध ८ गोलको फराकिलो अन्तरले हरायो । धरान–१३ को जितमा परिवर्तन कपालीले ह्याट्रिक सहित चार गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत फागुन २५ गते मंगलबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा धरान–१६ र ६ भिड्ने छन् भने दोस्रो खेलमा धरान–८ र १० भिड्ने आयोजकले जनाएको छ ।

गोधुली फुटबल क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो चैत ७ गतेका दिन हुनेछ ।

Post Comments