
स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ अन्तर्गत् शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रबेश गरेको छ।
आर्मीले जाउलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रबेश गरेको हो ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि नतिजाको लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
टाइब्रेकरमा आर्मीका गोलरक्षक विश्वास चौधरीले दुई वटा प्रहार रोकेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपैया प्राप्त गरे ।
टाइब्रेकरमा आर्मीको तर्फबाट टंक बस्नेत, दीपक गुरुङ, विकाश तामाङ र सेसेहाङ आङदेम्बेले गोल गरेका थिए । जाउलाखेलका फोफना फोडे र रुपबहादुर लामाले गोल गरेका थिए । जाउलाखेलका राजेन्द्र रावल र लुइस भिडालको प्रहार आर्मीका गोलरक्षकले रोकेका थिए ।
प्रतियोगिताअन्तर्गत शनिबार नेपाल प्रहरी र संकटा क्बलबीच खेल हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा