News सर्लाहीमा गोलनेपालको सहयोग
गोलनेपाल

बिगत एक दशकदेखि नेपाली फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएको गोलनेपाल फाउण्डेशनले सर्लाही स्थित बागमती युवा क्लबको महिला फुटबल टोलीलाई खेलकुद सामाग्री सहयोग गरेको छ ।

बिबा पब्लिकेशन्सको एक भागका रुपमा रहेको गोलनेपाल फाउण्डेशनले बागमती युवा क्लबका पूर्व दिवंगत प्रशिक्षक सन्तोष श्रेष्ठको सम्झनामा महिला खेलाडीहरुलाई प्रोत्साहीत गर्ने उद्देश्यले१० थान इण्डस्ट्रक्टिबल फुटबल सहयोग गरेको हो ।

चाइल्डरिच नेपालको विशेष सहयोग रहेको सो सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गोलनेपाल फाउण्डेशनका प्रमुख कार्यकारी बिक्रम थापाले भने, “हामी प्रत्येक महिना विभिन्न जिल्लाका एकेडेमी र महिला फुटबल खेलाडीहरुलाई सहयोग गरिरहेका छौं । यो सहयोग कार्यक्रमले नेपाली फुटबल क्लब, खेलाडी, प्रशिक्षक र अफिसियलहरुमा सकरात्मक प्रभाव पार्ने विश्वास लिएका छौं ।”

साथै थापाले सहयोग प्राप्त गरेपछि खेलाडीहरु निकै उत्साहित भएको प्रतिक्रिया दिए । थापाले अगाडी भने, “उनीहरु निकै उत्साहित छन् । हाम्रो योजना नै विभिन्न जिल्लाका खेलाडी र क्लबहरुलाई प्रशिक्षणका लागि आवश्यक फुटबल सामाग्री सहयोग गर्नु हो ।”

मन्तव्य राख्ने क्रममा थापाले सहयोगी दाताहरु र शुभेच्छुकहरुमा धन्यवाद व्यक्त गरे । साथै उनले गोलनेपाल फाउण्डेशनले यो अभियानलाई निरन्तरता दिंदै अर्को महिना अन्य जिल्लामा पनि पुग्ने बताए । सोही कार्यक्रममा उपस्थित बागमती युवा क्लबका अध्यक्ष किशोर राज मैनालीले खेलकुद सामाग्री सहयोगका लागि गोलनेपाल फाउण्डेशनलाई विशेष धन्यवाद दिए ।

Post Comments