काठमाडौं । आधिकारिक रुपमै दर्ता भई नेपाली फुटबलमा एक दशक बढी समयदेखि गोलनेपाल डटकमका रुपमा निरन्तर लागिपरेको बिबा मिडिया ग्रुपले आफ्नो कार्यक्षेत्रलाई अन्तर्राष्ट्रिय मैदानमा फैलाउने जमर्को गरेको छ । जसको शुरुवात भारतको नर्थ इष्टबाट शुरु समेत गरिएको छ ।
बिबा मिडिया ग्रुपका सिइओ तथा नेपाली फुटबलका वरिष्ठ खेल पत्रकार बिक्रम थापाले फुटबल समर्थकहरुको अन्तर्राष्ट्रिय माग र शुभेच्छालाई ध्यानमा राख्दै गोलनेपाल कै माध्यमबाट फुटबलको प्रत्यक्ष प्रसारण तथा अन्य फुटबल गतिविधीहरुलाई अब भारतसँगै अन्य क्षेत्रमा पनि फैलाउने योजना रहेको सुनाए ।
सिइओ थापा भन्छन्, “भारत मै स्थापित हाम्रो दार्जिलिङ न्युज च्यानलसँगको सहकार्यमा हामीले नर्थ इष्टमा रहेका फुटबलप्रेमी तथा खेलाडीहरुलाई फुटबलको ताजा खुराक पस्कन तयार छौं । यो नयाँ प्रयास र कार्यका लागि हामी उत्साहित पनि छौं । भारतमा रहेका हाम्रो शुभेच्छुक र फुटबल समर्थकहरुले अब गोल नर्थ इष्टको फेसबुक पेज र युट्युब च्यानलबाट फुटबलको प्रत्यक्ष फरक र रोमाञ्चक मनोरञ्जन लिन सक्नेछन् ।”
उता दार्जिलिङलाई कर्मथलो बनाई फुटबलसँगै अन्य खेलकुद क्षेत्रमा सक्रिय हाम्रो दार्जिलिङ न्युजका निर्देशक साहित्य प्रधानले पनि बिबा मिडिया ग्रुपसँगको सहकार्यलाई लिएर थप उत्साहित बनेको बताए ।
प्रधान भन्छन्, “भारतको नर्थ इष्ट र बंगालमा यो कामको शुरुवात गर्नु जरुरी थियो । हामी सकेसम्म हरेक ठाउँमा पुगेर फुटबलको फरक र प्रत्यक्ष खुराक पस्कदै नर्थ इष्ट फुटबललाई उकास्न हामी हरसम्भव प्रयास गर्नेछौं ।”
स्मरण रहोस, बिबा मिडिया ग्रुप मातहत रहेको गोलनेपाल डटकम अहिले देशविदेशमा रहेका नेपाली फुटबलप्रेमीहरु माझ लोकप्रिय र परिचित पनि छ । गोलनेपालले नेपाली फुटबलसँगै फुटबल कै माध्यमबाट अन्य सामाजिक कार्यमा पनि आफूलाई सक्रिय राख्दै आईरहेको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि