News अन्जन ललितपुर र बिशाल धनगढीका 'मार्की खेलाडी'
गोलनेपाल

काठमाडौं । आगामी बर्षको बैशाखदेखि शुरु हुन गईरहेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा सहभागि हुने दुई टोली ललितपुर सिटी एफसी र धनगढी एफसीले आ–आफ्ना मार्की खेलाडी घोषणा गरेका छन् ।

सोमबार एक कार्यक्रमका बीच ललितपुरले अन्जन बिष्टलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गर्यो भने धनगढीले राष्ट्रिय फुटबल टोलीका अर्का मिडफिल्डर बिशाल राईलाई मार्की खेलाडीका रुपमा घोषणा गर्यो ।

भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुरको तर्फबाट कार्यकारी निर्देशक कल्याण गुरुङ र बिष्टले सम्झौतापत्रमा हस्ताक्षर गरे । स्रोतका अनुसार बिष्टले सुपर लिगमा खेले वापत ५ लाख ५० हजार पाउने बताइएको छ ।

त्यस्तै स्पा कलेजका अध्यक्ष सुवास शाहीको स्वामित्वमा रहेको धनगढी एफसीले पनि बिशाल राईसँग सम्झौतापत्रमा हस्ताक्षर गर्यो । यद्यपि यी दुई पक्षबीच भएको आर्थिक सम्झौताबारे भने खुलाइएको छ ।

स्मरण रहोस, आउँदो बैशाख ११ देखि २५ गतेसम्म हुन गईरहेको महत्वाकांक्षी सुपर लिगमा देशभरिका विभिन्न सात शहरका टोलीहरुले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगभरि कुल १९ खेलहरु हुनेछन् भने सबै खेलहरु दशरथ रंगशालामा हुने समेत बताइएको छ । लिगमा अखिल नेपाल फुटबल संघ (एन्फा) को पनि प्राविधिक सहयोग रहनेछ ।

लिगको आयोजक भने नेपाल स्पोर्टस म्यानेजमेण्ट रहेको छ । जुन नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपका्े स्वामित्वमा रहेको छ ।

 

Post Comments