News १७ गोलको ‘थ्रीलर’मा फुटसल फाईभ उपाधि नजिक
गोलनेपाल

इटहरी । गोलको बर्षा भएको रोमाञ्चक भिडन्तमा फुटसल फाईभ धरान सुनसरीले जित निकाल्दै प्रदेश १ स्तरीय फुटसल लिग छनौटको फाइनलमा प्रवेश गरेको छ । साथै फाइनल प्रवेश गरेसँगै फुटसल फाइभले पोखरामा हुने ए डिभिजन फुटसल लिगको अन्तिम चरणका लागि पनि आफ्नो स्थान सुरक्षित गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा फुटसल फाइभले रेड हर्ष एफसीमाथि ९–८ को रोमाञ्चक जित निकाल्यो । फुटसल फाईभजको जितमा रञ्जित गुरुङले ह्याट्रिक गरे । त्यस्तै बिजय श्रेष्ठ र किरण चौधरीले दुई–दुई गोल गरे भने शरण बिक र सन्दिप कार्कीले एक–एक गोल थपे ।

त्यस्तै उता पराजित रेड हर्षका लागि छिरिङ पासाङ शेर्पा एक्लैले ह्याट्रिकसहित पाँच गोल गरे भने महेन्द्र कार्कीले दुई गोल गरे । थप एक गोल भने हरि सिटौलाले गरेका थिए ।

खेलको म्यान अफ द म्याच फुटसल फाइभका बिजय श्रेष्ठ घोषित भए । अब उपाधिका लागि फाइनलमा द राइजिङ क्लब र फुटसल फाईभ भिड्ने छन् । स्मरण रहोस, पोखरामा हुने फाइनल चरणको ए डिभिजन फुटसल लिगमा प्रदेश नम्बरबाट द राइजिङ र फुटसल फाईभले सहभागिता जनाउने छन् ।

 

 

Post Comments