News आइ लिगमा किरनको टोली पराजित
गोलनेपाल

काठमाडौं । भारतीय हिरो आइ लिगतर्फ च्याम्पियनसिप स्टेजमा भिडिरहेको नेपालको नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले हार बेहोरेको छ ।

कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले ट्राउसँग ०–१ को साँघुरो हार बेहोरेको हो । ट्राउको जितमा ताजिक स्ट्राइकर कोमरोन तुर्सुनोवले ८१औं मिनटमा गरेको एक मात्र गोल ट्राउलाई संघर्षपुर्ण जित दिलाउन प्रर्याप्त बन्यो ।

खेलमा गोल खानुभन्दा एक मिनट अघि पञ्जाबका मोहमद इर्शादले रातो कार्ड खानु पनि दुर्भाग्यपुर्ण रह्यो । यो जितसँगै ट्राउले लिग उपाधि होडमा आफ्नो सम्भावनालाई कायम राखेको छ । यो जितसँगै १३ खेलबाट २५ अंक जोडेको ट्राउले हेड टु हेडका आधारमा समान अंक रहेको चर्चिल ब्रदर्शलाई पछि पार्दै शिर्ष स्थानमा छ ।

उता १९ अंक जोडेको पञ्जाब भने शिर्ष ६ को पाँचौं स्थानमा छ । पञ्जाबले आफ्नो आगामी खेल आउँदो आइतबार रियल काश्मिरसँग कल्याणी स्टेडियम मै खेल्नेछ ।

Post Comments