काठमाडौं । भारतीय हिरो आइ लिगतर्फ च्याम्पियनसिप स्टेजमा भिडिरहेको नेपालको नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले हार बेहोरेको छ ।
कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले ट्राउसँग ०–१ को साँघुरो हार बेहोरेको हो । ट्राउको जितमा ताजिक स्ट्राइकर कोमरोन तुर्सुनोवले ८१औं मिनटमा गरेको एक मात्र गोल ट्राउलाई संघर्षपुर्ण जित दिलाउन प्रर्याप्त बन्यो ।
खेलमा गोल खानुभन्दा एक मिनट अघि पञ्जाबका मोहमद इर्शादले रातो कार्ड खानु पनि दुर्भाग्यपुर्ण रह्यो । यो जितसँगै ट्राउले लिग उपाधि होडमा आफ्नो सम्भावनालाई कायम राखेको छ । यो जितसँगै १३ खेलबाट २५ अंक जोडेको ट्राउले हेड टु हेडका आधारमा समान अंक रहेको चर्चिल ब्रदर्शलाई पछि पार्दै शिर्ष स्थानमा छ ।
उता १९ अंक जोडेको पञ्जाब भने शिर्ष ६ को पाँचौं स्थानमा छ । पञ्जाबले आफ्नो आगामी खेल आउँदो आइतबार रियल काश्मिरसँग कल्याणी स्टेडियम मै खेल्नेछ ।
Tursunov’s thunderbolt keeps TRAU’s title ambitions alive after 1-0 win over RG Punjab
— Hero I-League (@ILeagueOfficial) March 15, 2021
Match report 👉 https://t.co/JrRJhJU4Ae#LeagueForAll 🤝 #IndianFootball ⚽ #HeroILeague 🏆 #TRAURGP ⚔️ pic.twitter.com/DdJonNkiXF
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै