News योङ स्टार र मंगलापुर गाईजको जित
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तरगत योङ स्टार एफसी र मंगलापुर गाईजले जित हात पारेका छन् ।

तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न पहिलो खेलमा योङ स्टारले सिद्धार्थ युवा क्लबलाई सडन डेथमा ७–६ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै दोस्रो खेलमा मंगलापुर गाईजले बुद्ध भुमि क्लबलाई ३–१ ले हरायो । जित हात पारेका योङ स्टार र मंगलापुर प्रिक्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् ।

डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक जिवन सुवेदीले जानकारी दिए ।

Post Comments