News थिङकिङ भरतपुर २४ गोल्डकपको सेमिफाइनल भिडन्त आजदेखि
सुरज राना मगर

नयाँबस्ती । थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार सैनामैना युवा क्लब, रुपन्देही र भैरव एफसी, नवलपरासी बीच हुँदैछ ।

भरतपुर–२४ स्थित सिद्धार्थ माविको खेलमैदानमा हुने आजको पहिलो सेमिफाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । रुपन्देहीको स्थानीय फुटबलमा चल्तीका खेलाडी लिएर उत्रिने सैनामैना र अनुभवी तथा युवा खेलाडीहरुको सम्मिश्रण रहने भैरवबीचको खेल रोमाञ्चक पनि हुनेछ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा सैनामैनाले आयोजक युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४ लाई हराएको थियो भने भैरवले टाईगरचोक युवा क्लबलाई पराजित गरेको थियो ।

अपरान्ह ३ बजेदेखि शुरु हुने भनिएको खेलको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमको आधिकारिक फेसबुक पेजबाट समेत हुनेछ ।

युवा तथा खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर महानगरपालिका वार्ड नम्बर २४ को सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने चैत ७ गतेका दिन हुनेछ ।

 

Post Comments