News अमिरको दुई गोलसँगै मकवानपुर–११ उपाधि नजिक
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ जारी स्थानीय तह शहिद स्मृति तेस्रो मकवानपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा आयोजकले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो ।

हेटौडा–१० स्थित फरेस्ट्री मैदानमा सम्पन्न खेलमा आयोजक मकवानपुरका अमिर श्रेष्ठले दुई गोल गरे । त्यस्तै रुपेश केसी र रन्जन बिष्टले एक–एक गोल गरेका थिए ।

उता पराजित मच्छिन्द्रका लागि पुजन उपरकोटी, राजेश परियार र अशोक थापाले एक–एक गोलको योगदान गरे । खेलको म्यान अफ द म्याच आयोजकका दुई गोलकर्ता अमिर श्रेष्ठ चुनिए ।

प्रतियोगिता अन्तरगत चैत ५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत ७ गतेका दिन हुनेछ ।

स्मरण रहोस, आयोजक मकवानपुर–११ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Post Comments