News उमेश निर्णायक बन्दा इलेभन एरोज सेमिफाइनलमा
गोलनेपाल

रानी । साँघुरो जितका साथ इलेभन एरोज क्लब, दुहबी जारी मिल्स गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा १ नम्बर प्रदेश प्रहरी कार्यालय, रानी मोरङलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै इलेभन एरोजले अन्तिम चारको यात्रा तय गरेको हो ।

रानी स्थित जुटमिल खेलमैदानमा सम्पन्न खेलको २२औं मिनटमा उमेश कार्कीले गरेको एक मात्र गोल इलेभन एरोजलाई सेमिफाइनलमा पुर्याउन निर्णायक बन्यो ।

निर्णायक गोलकर्ता कार्की नै खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष शितला सुब्बाले नगद ५ हजार र ट्रफी सहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत १० गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल धरान सिटी फुटबल एकेडेमी, सुनसरी र सताक्षीधाम स्पोर्टस क्लब, झापाबीच हुने आयोजकले जनाएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल चैत्र १४ गतेका दिन हुनेछ ।

Post Comments