
काठमाडौं । लामो समयपछि दशरथ रंगशालामा फर्किएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका रुपमा मंगलबारदेखि शुरु थ्री नेशन्स कपमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले किर्गिस्तानको ओलम्पिक टोलीमाथि १–० को साँघुरो जित निकाल्यो । कुमारबज उलु बजमनले गरेको आत्मघाती गोल नै किर्गिस्तानको हारको कारण बन्यो ।
खेलको म्यान अफ द म्याच भने बंगलादेशका सोहेल राना घोषित भए । उनले पुरस्कार वापत २५० डलर र ट्रफी हात पारे । किर्गिस्तानले आफ्नो दोस्रो खेल चैत्र १२ गतेका दिन नेपालसँग खेल्नेछ । त्यस्तै बंगलादेशले भने १४ गतेका दिन नेपालसँगै लिग चरणको अन्तिम खेल खेल्नेछ ।
लिग चरणको खेलपश्चात् शिर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्ने छन् । फाइनल खेल भने चैत्र १६ गतेका दिन हुने एन्फाले जनाएकोछ । प्रतियोगिताका सबै खेलहरु दशरथ रंगशालामा हुने छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै