News प्रदेश स्तरीय खुल्ला नकआउट: उर्लाबारीलाई हराउदै ब्रदर्स युनाईटेड फुटवल क्लव झापा अन्तिम चारमा
गोपाल काफ्ले

डाँगीहाटमा जारी प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको मंगलबारको खेलमा उर्लाबारी फुटवल क्लवलाई हराउदै ब्रदर्स युनाईटेड फुटवल क्लव झापा अन्तिम चारमा प्रबेस गरेको छ। 

कालि मावी डाँगिहाट बजारकाको खेल मैदानमा जारी मंगलबारको खेलमा उर्लाबारीलाई ० का विरूद्घ २ गोल गर्दै झापा विजयी भएको हो ।

कर्ण राईको कप्तानिमा मैदान उत्रिएको झापाका लागि खेलको ३५ औं मिनेटमा सुशील मगरले गोल गर्दै अग्रता दिलाए । दाेस्रो हाफको ७२ औ मिनेटमा उर्लाबारीका किपर सुर्य अधिकारी अगाडि बढेको मैकामा कर्ण लिम्बुले गोल गर्दै २ गोलको अग्रता दिलाए । निकै प्रतिस्प्रदात्मक खेलमा उर्लाबारीले गोल गर्न नसक्दा हार बेहोर्नु परेको थियो । खेलको म्यान अफ द म्याच झापाका सुशील मगर घोसित हुर्दै नगद २५ सय प्रप्त गरे ।

प्रतियोगिता अन्तगत बुधबारको पहिलो सेमिफाईनल खेल पथरी स्पोर्टिङ क्लव मोरङ र डाडा बजार फुटवल क्लवका धनकुटाका विच हुने छ । डाँगीहाट जागृती युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोतिगाको विजेताले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन भने उप विजेतले नगद ५१ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

बुद्ध एयरको प्रायोजक तथा बेलबारी नगरपालीकाको सहयोगमा सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सबै खेल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । प्रतियोगीताको फाईनल खेल चैत्र १४ गते सम्पन्न हुनेछ ।

Post Comments