News सखुवानी र मंगलापुर गाईज सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । सखुवानी एफसी र मंगलापुर गाईज जारी स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा भएका अन्तिम दुई क्वाटरफाइनलतर्फ सखुवानीले न्यु हिमालयन एफसीलाई २–१ ले हरायो भने अर्को खेलमा मंगलापुर गाईजले इन्टर स्पोर्टसमाथि २–० को जित निकाल्यो ।

यो दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत चैत्र ११ गते बुधबारको पहिलो सेमिफाइनल खेल सुखवानी एफसी र झरना स्पोर्टस क्लबबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मंगलापुर गाईज र सोमई ब्रदर्शबीच हुने खेल संयोजक जिवन सुवेदीले जानकारी दिए ।

डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने समेत संयोजक सुवेदीले बताए । प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र १३ गतेका दिन हुनेछ ।

Post Comments