News तिलकानाको जितमा नरको निर्णायक गोल
सुरज राना मगर

सुस्ता । तिलकाना युवा क्लब, सुनवल यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुस्ता–४ नरसही स्थित स्थानीय खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ तिलकानाले कञ्चनगढी युवा क्लब, सखुवानीलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

खेल शुरु भएको सातौं मिनटमा नर बहादुर कुमालले गरेको एक मात्र गोल तिलकानालाई क्वाटरफाइनलमा पुर्याउन प्रर्याप्त बन्यो । निर्णायक गोलकर्ता नर बहादुर कुमाल नै म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत चैत्र ११ गतेको प्रिक्वाटरफाइनल खेल राइजिङ स्टार युवा क्लब, भुमही र पृथ्वी युवा क्लब, बर्दघाटबीच हुने खेल संयोजक धिरज गुरुङले बताए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । फाइनल खेल भने चैत्र २० गतेका दिन हुनेछ ।

Post Comments