News विनाशकारी सुनामीले उजाड भनेको जंगलका काठहरुबाट बनाइएको टोक्यो ओलम्पिक स्टेडियम
गोलनेपाल

आगामी बर्ष एसियन पावर हाउस जापानमा हुने बहुप्रतिक्षित टोक्यो ओलम्पिकको मुख्य स्टेडियम (न्यु नेशनल स्टेडियम) को निर्माण कार्य सम्पन्न भएर तयारी अवस्थामा छ । रोचक कुरा त यो स्टेडियम निर्माणका लागि ८७ प्रतिशत काठको प्रयोग गरिएको छ । जसको अर्थ यो स्टेडियम निर्माण कार्य सम्पन्न २००० घन मिटर काठको प्रयोग गरिएको छ ।

यद्यपि यो स्टेडियम निर्माण कार्यका लागि जोगाड गरिएको काठको कथा भने निकै रोचक र प्रेरणादायी छ ।

रिपोर्टअनुसार स्टेडियम निर्माणका लागि प्रयोग गरिएको ती काठहरु सन् २०११ मा आएको विनाशकारी सुनामीमा ध्वस्त बनेका ४७ प्रान्तका जंगलहरुबाट ल्याइएको हो ।यसरी काठको स्टेडियम बनाउनुको उद्देश्य पनि निकै चाखलाग्दो छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापान स्पोर्टस काउन्सीलले यो स्टेडियममा खेल हेर्न आउने दर्शकहरुले प्रकृतिसँगै रमाइलो गरेर शितलताको अनुभुति गर्दै खेलको मजा लिउन भन्ने रहेको छ ।

त्यसका लागि स्टेडियममा १८५ ओटा ठूला–ठूला पंखाहरु पनि छन् । साथै, स्टेडियमको ८ स्थानमा कुलिंग नोजल पनि जडान गरिएको छ ।

सन् २०१६ मा निर्माण कार्य शुरु भई यसै बर्षको नोभेम्बरमा सम्पन्न भएको पाँच तले यो आकर्षक र सुविधासम्पन्न भव्य स्टेडियम निर्माण गर्न १ अरब ३९ करोड भन्दा बढी अमेरिकी डलर खर्च भएको छ । त्यति मात्र नभएर यो स्टेडियममा दर्शक क्षमता पनि ६० हजार रहेको छ ।

स्टेडियममा १ जनवरीका दिन पहिलो खेल हुने

यो स्टेडियममा आगामी बर्षको जनवरी १ तारीखका दिन इम्पेरर कप फुटबल म्याचको फाइनल भिडन्त हुनेछ । टोक्यो ओलम्पिक भने १४ जुलाईदेखि ९ अगस्तसम्म हुने तय भईसकेको छ । त्यसबाहेक २५ अगस्तदेखि ६ सेप्टेम्बरसम्म यहाँ पारा ओलम्पिक पनि हुनेछ । स्टेडियकको डिजाईन भने जापानका चर्चित आर्किटेक्ट केंगो कुमाले गरेका हुन् ।

Post Comments