News रेफ्रीमाथि हातपात र अभद्र व्यवहार गर्ने खेलाडी र प्रशिक्षकलाई कारवाही (नामावलीसहित)
गोलनेपाल

पथरी । मोरङको पथरीशनिश्चरे स्थित शरणार्थी शिविरमा भएको प्रथम नगर स्तरीय फुटबल प्रतियोगितामा रेफ्रीमाथि हातपात र अभद्र व्यवहार गर्ने खेलाडी तथा प्रशिक्षकलाई कारवाही गरिएको छ ।

मोरङ जिल्ला फुटबल संघले एन्फामा आवद्ध ५० वटै जिल्ला फुटबल संघलाई लेखेको पत्रमा उल्लेख भएअनुसार रेफ्रीहरुलाई हातपात र दुव्र्यवहार गर्ने १० खेलाडी र एक प्रशिक्षकलाई नेपालको कुनै पनि स्थानमा खेल्न नपाउने गरि प्रतिवन्ध लगाइएको हो ।

मोरङ जिल्ला फुटबल संघका अनुसार कारवाहीमा पर्ने खेलाडी तथा प्रशिक्षक पथरीशनिश्चरे वार्ड नम्बर १० का रहेका छन् । स्मरण रहोस, प्रतियोगिता अन्तरगत मंगलबार होली पर्वका दिन भएको बेलडाँगी शिविर र पथरीशनिश्चरे वार्ड नम्बर १० बीचको खेलमा हार बेहोरेपछि वार्ड नम्बर १० खेलाडीहरु रेफ्रीहरुमाथि खनिएका थिए ।

सो क्रममा सहायक रेफ्री जमुना मगरमाथि पनि हातपात र अभद्र व्यवहार हुँदा उनी चोटिल बन्न पुगेकी थिईन् । घट्नामा दोषी पाइएका खेलाडीहरुलाई यहि चैत्र १८ गतेदेखि लागु हुने गरि एक देखि दुई बर्षसम्म नेपालभरि कुनै पनि प्रतियोगितामा सहभागिता जनाउने नपाउने गरि प्रतिवन्ध लगाइएको छ ।

साथै आयोजकले म्याच रेफ्रीहरुलाई आवश्यक सुरक्षा दिन नसकेको भन्दै मोरङ फुटबल संघद्वारा आयोजकलाई ११ हजार जरिवाना गरिएको समेत पत्रमा उल्लेख छ ।

यस्ता छन् कारवाहीमा पर्ने खेलाडी तथा प्रशिक्षक (पत्रसहित)

Post Comments