News दिपेशको दुई गोलसँगै थ्रीस्टार सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

बागमती । थ्रीस्टार क्लबले जित हात पारेसँगै मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

वाग्मती गाउ“पालिकास्थित जनता माविको खेल मैदानमा भएको अन्तिम क्वार्टरफाइनलमा थ्रीस्टारले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोलअन्तरले हराएपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

थ्रीस्टारले अब प्रतियोगिताको दोस्रो सेमिफाइनलतर्फ शनिबार बागमती युवा क्लब, सर्लाहीसँग खेल्नेछ भने पहिलो सेमिफाइनलतर्फ शुक्रबार जावलाखेल युथ क्बलले अफ्रिकन रुट्स एसोसिएसन, क्यामरुनसँग खेल्ने पक्काउ भएको आयोजकले जानाएको छ ।

बिहीबार सम्पन्न चौथो क्वाटरफाइनलमा थ्रीस्टारका लागि दुवै गोल दिपेश घलेको नाममा रयो । घलेले खेलको अन्तिमतिर दुई मिनटको अन्तरालमा ८२ र ८४औं मिनटमा दुई गोल गरेका थिए ।

खेलमा निर्णायक दुई गोल गरेका दिपेश घले नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नग ५ हजार र ट्रफी हात पारे ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चेत्र २३ गतेका दिन हुनेछ ।

Post Comments