News थ्री नेशन्स कप विजेतालाई सरकारले जनही चार लाख दिने
गोलनेपाल

काठमाडौं । घरेलु मैदानमा ३७ बर्षपछि ऐतिहासिक उपाधिका रुपमा थ्री नेशन्स कप जितेको नेपालको पुरुष फुटबल टोलीका सदस्यहरुलाई नेपाल सरकारले जनही ४–४ लाख नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।

सरकारको क्याबिनेट बैठकले खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको हो । उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै प्रत्येक खेलाडीहरुलाई नगद १–१ लाखका दरले सम्मान गर्ने घोषणा गरिसकेको छ ।

स्मरण रहोस, गत शुक्रबार दशरथ रंगशालामा सम्पन्न थ्री नेशन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै घरेलु मैदानमा ऐतिहासिक उपाधि जित्न सफल भएको थियो । नेपालको जितमा सन्जोग राई र बिशाल राईले गोल गरेका थिए ।

प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु–२३ फुटबल टोलीले पनि सहभागिता जनाएको थियो । नेपालले लिग चरणतर्फ बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो ।

Post Comments