News अफ्रिकन रुटस बागमती गोल्डकपको फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

बागमती । अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन यहाँ जारी चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अफ्रिकन उपाधि नजिक पुगेको हो ।

मकवानपुरको बागमती गाउँपालिका स्थित जनता माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने अफ्रिकनले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिता अन्तरगत चैत्र २१ गते शनिबारको दोस्रो सेमिफाइनल खेल थ्रीस्टार क्लब र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जनाएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यहि चैत्र २३ गतेका दिन हुनेछ ।

Post Comments