News आर्मीसँग भिड्न श्रीलंका पुलिस नेपालमा
गोलनेपाल

काठमाडौं । एएफसी कपको प्रारम्भिक छनौटतर्फ पहिलो चरणको खेल खेल्न श्रीलंका पुलिस एससी आइतबार नेपाल आइपुगेको छ । पाहुना टोलीलाई त्रिभुवन आर्मी फुटबल क्लबका अध्यक्ष समेत रहेका ब्रजेश महर्जन लगायत नेपाली सेनाका अन्य विशिष्ट पदाधिकारीहरुले स्वागत गरेका थिए ।

श्रीलंका पुलिसले यहि चैत्र २५ (अप्रिल ७) गते बुधबारका दिन त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ । उक्त खेल नेपाली समयअनुसार बेलुका ५ः३० बजेदेखि दशरथ रंगशालामा शुरु हुने समेत अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

साथै एन्फाले सो म्याचका हेर्ने दर्शकहरुका लागि टिकट मुल्य ३ सय र ५ सय तोकेको समेत बताएको छ । स्मरण रहोस, आर्मीले श्रीलंका पुलिस विरुद्धको खेलमा जित हात पारे एफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणमा प्रवेश गर्न सफल हुनेछ ।

(तस्विरः एन्फा)

 

Post Comments