News किस्पाङ र म्यागङ गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकपको क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

शिवपुरी अध्यक्ष गोल्डकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

आइतबार भएको पहिलो खेलमा म्यागङ गाउँपालिकाले लिखु गाउँपालिकालाई २–१ गोलले पराजित ग¥यो । खेलमा अग्रता भने लिखुले लिएको थियो । मनिष राईले ११ औं मिनेटमा गोल गर्दै लिखुलाई अग्रता दिलाए । तर खेलको २८ औं मिनेटमा अजय वाइबाले र ३९ औं मिनेटमा रबि गुरुङले गोल गरेपछि म्यागङ जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । खेलमा म्यागङका चतुरमान तामाङ म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी आइतबारको दोस्रो खेलमा किस्पाङ गाउँपालिकाले तादी गाउँपालिकालाई १–० ले पराजित गरेको छ । यो जीतसँगै किस्पाङ समूह डि को उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । किस्पाङका लागि एक मात्र गोल खेमान तामाङले ५७ औं मिनेटमा गरे । उनी नै म्यान अफ द म्याच घोषित भए ।

अब क्वाटरफाइनलमा पञ्चकन्या गाउँपालिका र सुर्यगढी गाउँपालिका, बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिका तथा विदुर नगरपालिका र म्यागङ गाउँपालिकाबीच खेल हुनेछ ।

आयोजक शिवपुरी सेमिफाइनलमा प्रवेश

ककनी गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक शिवपुरी गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा ककनीको दबाबमा रहेको शिवपुरीले दोस्रो हाफमा ककनीका उत्तम लामाको आत्मघाती गोलबाट अग्रता लियो । त्यसपछि सागर भण्डारीले शिवपुरीका लागि दुई गोल गरे ।

Post Comments