
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने मासिक विश्व फुटबल वरियतामा नेपालको वरियता यथावत रहेको छ । फिफाले सार्वजनिक गरेका अप्रिल महिनाको नयाँ वरियतामा नेपाल १७१औं स्थानमा यथावत रहेको हो ।
त्यसका लागि नेपालले कुल ९६७.८८ अंक बटुलेको छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा रहेको छ । फिफा वरियताको १०५औं स्थानमा रहेको भारत भने दक्षिण एसियाको शिर्ष स्थानमा कायम छ । १५५औं स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।
त्यसैगरी १८४औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ भने चौथो स्थानमा रहँदा १८७औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । २०४औं स्थानमा रहेको श्रीलंका भने दक्षिण एसियातर्फ पुछारमा छ । स्मरण रहोस, पाकिस्तान भने हाल फिफाको निलम्बनमा छ ।
विश्व वरियतामा बेल्जियम अगाडी
त्यसैगरी फिफाको शिर्ष वरियतामा बेल्जियम अगाडी छ । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा दक्षिण अमेरिकी च्याम्पियन ब्राजील तेस्रो स्थानमा रहेको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै