
पोखरा । संकटा क्लबले शनिबार सम्पन्न प्रतिष्ठित १९औं आहा! रारा गोल्डकपको उपाधि जित्दा टोलीका गोलरक्षक राजाबाबु थापा सर्वोत्कृष्ट खेलाडी चुनिए । फाइनलसम्म उत्कृष्ट प्रदर्शन गरेका राजाले पुरस्कार वापत एक थान आकर्षक स्कुटी समेत हात पारे ।
सर्वोत्कृष्ट खेलाडी बनेका राजाले व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षकको पुरस्कार पनि हात पारे । त्यस्तै उत्कृष्ट डिफेन्डर पनि संकटा कै निरज बस्नेत घोषित भए । उत्कृष्ट मिडफिल्डर र फरवार्डको पुरस्कार भने अफ्रिकनका क्रमशः राफेल रिम र बासेकले हात पारे ।
उत्कृष्ट प्रशिक्षक पनि अफ्रिकन कै सर्जे बोरिस चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने मौसा, बासेक, ग्लोरी र बुद्ध बल तामाङले संयुक्त रुपमा हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही २५–२५ हजार रुपैया नगद हात पारे ।
स्मरण रहोस, पोखरा रंगशालामा सम्पन्न फाइनल भिडन्तमा पहिलोपटक प्रतियोगिताको उपाधि उचाल्न सफल भएको संकटाले अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनमाथि टाईब्रेकरमा ४–२ को जित निकालेको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
सहारा क्लब, पोखराको आयोजना गत चैत्र २१ गतेदे िशुरु प्रतियोगितामा एक विदेशी र एक आयोजक टोलीसहित कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड