News बिराटनगर–११ सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । घरेलु टोली बिराटनगर–११ यहाँ जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिराटनगर स्थित शहिद रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा बिराटनगरले सिलिगुडी युनाइटेड एफसीलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

स्मरण रहोस, त्यसअघि शनिबार हुने भनिएको पहिलो क्वाटरफाइनलमा बिराटनगर र मनाङ मस्र्याङ्दी क्लबले भिड्ने तय भएको थियो । तर अन्तिम समयमा प्राविधिक कारण जनाउँदै मनाङले नखेल्नेपछि सिलिगुडीले सहभागिता जनाएको थियो ।

खेलको म्यान अफ द म्याच बिराटनगरका लागि दुई गोल गरेका सुनिल खड्का घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र २९ गतेको दोस्रो क्वाटरफाइनल खेल पञ्जाब पुलिस, भारत र मच्छिन्द्र क्लबबीच हुने आयोजकले जनाएको छ ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो नयाँ बर्षको बैशाख ४ गतेका दिन हुनेछ ।

(तस्विरः बिराट गोल्डकपको फेसबुक पेजबाट)

 

Post Comments