News
पिप्ले युवा क्लब हेटौडा बन्यो राजर्षि जनक कप च्याम्पियन
आयोजक बागमती नगरपालिकाको टिमलाई घरेलु मैदानमा स्तब्ध पार्दै पिप्ले युवा क्लब हेटौडा यहाँ जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सोमबार भएको फाइनल खेलमा आयोजकलाई सडन डेथमा ५–४ गोलअन्तरले पराजित गर्दै हेटौडा पाँचौ संस्करणको च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो । तर, निर्णय भने सडन डेथबाट मात्र सम्भव भयो ।
खेलको सुरुवातीमै गोल गरेर अग्रता लिएको हेटौडालाई केही समयपछि नै आयोजकले खेलमा फर्काउन सफल बन्यो खेलको ५ मिनेटमै हेटौडाका समिराज थोकरले गोल गरेर अग्रता दिलाए पनि आयोजकका स्टेफनले ११औँ मिनेटमा गोल गरेर बराबरीमा ल्याए ।
यस्तै, स्टेफनले नै १६औँ मिनेटमा अग्रता दोब्बर बनाए पनि हेटौडाका ग्लोरीले २६औँ मिनेटमा गोल गरेर पुनः बराबरी गरे । खेलको अन्त्यतिर ३–२ गोलको अग्रतामा आयोजकले नियन्त्रण गुमाउँदा खेल बराबरीमा पुगेको थियो । खेलको ८९औँ मिनेटमा रित्तिक खड्काले गोल गरेर आयोजकलाई अग्रता दिलाएका थिए ।
तर, हेटौडाका ग्लोरीले इन्जुरी समयको १ मिनेट बाँकी रहँदा आकर्षक गोल गरेर पुनः बराबरी गर्न सफल भए । अन्ततः सडन डेथमा भाग्यमानी बन्दै हेटौडाले उपाधि चुम्न सफल बन्यो । खेलको म्यान अफ दी म्याच हेटौडाका ग्लोरी घोषितहुँदै नगद १० हजार पाए ।
यस्तै, आयोजकका गोलरक्षक अरुण ब्लोन उत्कृष्ट गोलरक्षक, शाहिद उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता आयोजककै स्टेफन र हेटौडाका राजेन्द्र रावल उत्कृष्ट मिडफिल्ड, हेटौडाकै प्रशिक्षक सुविन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भएर जनही २०–२० हजार नगद पाउन सफल भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भने आयोजकका कप्तान विजय घलान घोषित भए । उनले नगद ५१ हजार पाए । यसवर्षको राइजिङ प्लेयर आयोजकका गोलरक्षक अरुण ब्लोन घोषितहुँदै एक थान पल्सर मोटरसाइकल पाउन सफल भए ।
प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार पाउँदा उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाएको छ । बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागी थिए ।

Post Comments
Related News
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा