लालबन्दी । बेङ्गखाडी युवा क्लब, महोत्तरी यहाँ जारी प्रथम लालबन्दी मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शुक्रबार भएको चौथो क्वाटरफाइनलमा बेङ्गखाडीले इनरुवा फुटबल क्ल्ब, सुनसरीलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । बेङ्गखाडीको जितमा रन्जित आले र अमृत केप्छाकीले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि बेङ्गखाडी कै गोलकर्ता रन्जित आले घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ २४ गते शनिबारको पहिलो सेमिफाइनल खेल आयोजक जिवेश्वर युवा क्लब, लालबन्दी–१, सर्लाही र न्यु त्रियुगा स्पोर्टस क्लब, सप्तरीबीच हुने आयोजकले जानकारी दियो ।
जिवेश्वर युवा क्लब, लालबन्दी–१, नवलपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- न्यू त्रियुगा प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा प्रवेश