News आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

लालबन्दी । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर रङ्गशालामा जिवेश्वर युवा क्लब को आयोजनामा जारी प्रथम लालबन्दी मेयर गोल्डकपको तेस्रो क्वाटरफाइनल खेल आयोजक जीवेश्वर युवा क्लब र गाईघाट युवा क्लब उदयपुर बीच बिहीबार सम्पन भएको छ।

बिहिबार सम्पन्न उक्त खेलमा गाईघाट उदयपुरलाई २-० गोल अन्तरले पराजित गर्दै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलकुद १३ औं मिनेटमा निर्मल घिसिङले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शुन्यको साँघुरो अग्रता बनाएको आयोजकले दोस्रो हाफको ६० औँ मिनेटमा सागर कटुवालले गोल गर्दै आयोजकको जित सुनिश्चित गरेका थिए। सागर कटुवाल उक्त खेलको म्यान अफ द म्याच बन्दै नगद रु.२,५०० सहित ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल शुक्रबार इनरुवा फुटबल क्लब सुनसरी र वेङ्ग्खाडी युवा क्लब महोत्तरी दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

Post Comments