News मनिष डाँगी, प्रकाश बुढाथोकीसहित ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा
गोलनेपाल

काठमाडौं । हालै नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हालेका कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा हाल थ्रीस्टारबाट खेलेर चर्चा बटुलिरहेका मनिष डाँगी पनि परेका छन् । त्यस्तै राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमा प्रकाश बुढाथोकी पनि फर्किएका छन् । स्मरण रहोस, बुढाथोकीले भर्खरै सम्पन्न भारतको आइ लिगमा नेरोकाबाट खेलेका थिए ।

त्यस्तै थ्री नेशन्स कप खेल्ने फाइनल स्क्वाडबाट बाहिरिएका सन्तोष तामाङ र नवयुग श्रेष्ठ पनि प्रारम्भिक टोलीमा परेका छन् । यद्यपि यी दुवै खेलाडी हाल त्रिभुवन आर्मी फुटबल क्लबसँग एएफसी खेल्न गोवामा छन् ।

टोलीको कप्तानीको जिम्मेवारी भने नम्बर एक गोलरक्षक किरन कुमार लिम्बुलाई नै दिइएको छ । ३२ सदस्यीय प्रारम्भिक टोलीमा थ्री नेशन्स कप खेलेको प्रायःजसो सबै खेलाडीहरु सामेल छन् ।

एन्फाका अनुसार राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण जेठ ३ गते (१७ मई) देखि शुरु हुने बताइएको छ ।

यस्तो छ नेपालको ३२ सदस्यीय प्रारम्भिक टोली

गोलकिपर्सः किरन कुमार लिम्बु (कप्तान), बिकेश कुथु, दिप कार्की, बिशाल सुनार

डिफेन्डर्सः रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, बिकास खवास

मिडफिल्डर्सः त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक बिष्ट, सन्जोग राई, बिशाल राई, सुनिल बल, सेसेहाङ आङदेम्बे, रविशंकर पासवान, सन्तोष तामाङ, बिबेक बस्नेत, प्रकाश बुढाथोकी, सयन्शु भुषाल, अन्जन बिष्ट, सुमन लामा,

फरवार्डसः दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ

Post Comments