News एपिएफलाई बिराट गोल्डकपको उपाधि
गोलनेपाल

बिराटनगर । सशस्त्र प्रहरीको एपिएफ क्लबले शनिबार सम्पन्न प्रतिष्ठित छैटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिउ आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिराटनगर स्थित शहिद रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा एपिएफले पञ्जाब पुलिस, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

एपिएफको जितमा पहिलो हाफ कै ११औं मिनटमा बक्स नजिकैबाट प्रदिप लामाले गरेको सुन्दर फिनिसिङ गोल विभागीय टोलीलाई उपाधि जिताउन प्रर्याप्त बन्यो र निर्णायक पनि बन्यो ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्यो भने उपविजेता पञ्जाब पुलिस, भारतले ७ लाख ५१ हजारमा चित्त बुझायो ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा गत चैत्र २६ गतेदेखि शुरु प्रतियोगितामा तीन विदेशी टोलीसहित कुल १० टोलीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

Post Comments