News गण्डकी प्रदेशको फुटसल छनौट सम्पन्न
उमेश पुन

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने ए डिभिजन लिग फुटसल लिगका लागि गण्डकी प्रदेशको छनौट प्रतियोगिता पनि सम्पन्न भएको छ ।

आइतबार पोखराको स्पोर्टस क्यासलमा सम्पन्न भएको फाइनल भिडन्तमा स्पोर्टस क्यासलले सबिन मेमोरियाललाई टाईब्रेकरमा ४–२ ले हराउँदै विजेता बन्यो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

स्मरण रहोस, फाइनल प्रवेश गरेसँगै यी दुवै टोली गण्डकी प्रदेशबाट ए डिभिजन फुटसल लिगका लागि छनौट भइसकेका थिए । ए डिभिजन फुटसल लिग पोखरा मै हुने एन्फाले यसअघि नै घोषणा गरिसकेको छ ।

 

Post Comments