News अध्यक्ष कप फुटबलः फाइनलमा वार्ड नम्बर १ र २ भिड्ने
गोलनेपाल

झापा । प्रथम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट बुद्धशान्ति गाउँपालिका वार्ड नम्बर २ फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर १ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


बुद्धशान्ति १ स्थित त्रिभूवन माविको खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ७ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै फाइनल यात्रा तय ग–यो । वार्ड नम्बर २ को जितमा बबिन बोहरा र उत्सव परियारले एक–एक गोल गरे ।

बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि वैशाख ११ गते शनिबार हुनेछ ।

Post Comments