News रेजर्सको जितसँगै सुपर लिगको रेस शुरु
गोलनेपाल

काठमाडौं । ऐतिहासिक पहिलो फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा काठमाडौं रेजर्सले विजयीले शुरुवात गरेको छ ।

दशरथ रंगशालामा दर्शकविहीन रुपमा शुरु भएको सुपर लिगको उद्घाटन खेलमा रेजर्सले ललितपुर सिटी एफसीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको ६६औं मिनटमा मेसुके ओलुमुले गरेको एक मात्र गोल रेजर्सलाई तीन अंक दिलाउन प्रर्याप्त र निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच रेजर्सकै सन्जोक राई घोषित भए । त्यसवापत उनले ट्रफी र २५ हजार हात पारे । खेलको इमर्जिङ प्लेयर रेजर्सकै विश्वास श्रेष्ठ चुनिए । त्यसवापत उनले पनि गिफ्ट ह्याम्पर र १० नगद हात पारे ।

लिगअन्तरगत बैशाख १२ गते आइतबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा दिनको २ः३० बजे बिराटनगर सिटी एफसी र धनगढी एफसी भिड्ने छन् भने दोस्रो खेलमा ५ः३० बजे पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी भिड्ने छन् ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा शुरु ऐतिहासक नेपाल सुपर लिगको विजेताले उपाधिसहित ३५ लाख हात पार्नेछ ।

लिगको फाइनल खेल भने आगामी जेठ १ गतेका दिन हुने आयोजकले प्रकाशित खेलतालिकामा उल्लेख छ ।

Post Comments