News अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई हराउँदै गोर्खा ब्वाईज बन्यो च्याम्पियन
गोलनेपाल

गोर्खा ब्वाईज स्पोर्टस् क्लब रुपन्देही चौँथो अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकपको च्याम्पियन बनेको छ ।

शनिबार स्थानीय टुँडिखेलमा भएको फाईनलमा अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई १–० ले हराउँदै गोर्खा ब्वाईजले उपाधीमाथि कब्जा जमाएको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाईजले गोल गर्न सफल भएको थियो ।

थपिएको पहिलो अतिरिक्त समयको छैठाँै मिनेटमा गोर्खा ब्वाईजका पेपेले गरेको गोल नै निर्णायक बनेपछि गोर्खा ब्वाईजको जित सुनिश्चित बनेको थियो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा दुवै टिम आक्रमक शैलीमा मैदान उत्रिएका थिए । सुन्दर अवसर पाएपनि दुवै टोलीबाट कुनै पनि प्रहार गोलमा परिणत हुन सकेन । निकै संघर्षरत बनेको अफ्रिकन रुट्सले थपिएको दोश्रो अतिरिक्त समयमा पनि गोल फर्काउन नसकेपछि अफ्रिकन टोलीले हार टार्न सकेन । म्यान अफ दि म्याच समेत बनेका पेपेले प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरे ।

जितसंगै गोर्खा ब्वाईजले ५ लाख नगदसहित ट्रफि हात पारे । यस्तै उपविजेता बनेको अफ्रिकन रुट्सले ३ लाख नगद जितेको छ ।

जिल्ला फुटबल संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजन रहेको उक्त प्रतियोगितामा विदेशीसहित ८ विभिन्न टिमको सहभागिता रहेको थियो ।


Post Comments