News रुपन्देहीमा जिल्ला लिग छनौट जारी
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी जिल्ला लिग छनौट प्रतियोगितामा सिम्रिक युवा क्लबले आफ्नो पहिलो जित दर्ता गरेको छ । चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको समूह बी तर्फको खेलमा सिम्रिकले सयपत्री युवा क्लबलाई ३–१ ले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

त्यस्तै समूह ए तर्फ डिंगरनगर स्थित जनज्योति खेलमैदानमा भएको खेलमा कालिका स्र्पोटिङ क्लब र इन्टर स्पोर्टस क्लबले गोलरहित  बराबरी खेल्दै अंक बाँडे ।

जारी छनौट प्रतियोगितामा जिल्ला फुटबल संघमै आवद्ध रहेका नौं क्लबहरुले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष एक–एक टोली जिल्ला लिगको फाइनल राउण्डका लागि छनौट हुने लिग कमिटी संयोजक मुकेश कुँवरले बताए ।

कुँवरका अनुसार जिल्ला लिग छनौटबाट आएका दुई क्लबहरुले गत सिजन जिल्ला लिगमा शिर्ष आठ भित्र पर्न सफल भएका अन्य आठ क्लबहरुसँग यस बर्ष जिल्ला लिगको फाइनल राउण्डमा खेल्नेछन् । जिल्ला लिगको फाइनल राउण्डमा कुल १० टोलीहरुले प्रतिस्पर्धा गर्ने संयोजक कुँवरले बताए ।

Post Comments