News नेपाली महिला फुटबल टोलीको फाइनल स्थान लगभग पक्का
गोलनेपाल

पोखरामा भईरहेको १३औं सागको महिला फुटबलतर्फ पदकको दावेदार आयोजक नेपालले शुरुवाती खेलबाटै आफ्नो दबदबा कायम राख्ने अनुमान गरिएको थियो ।

तर, लिग चरणको पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर आँकिएको श्रीलंकाविरुद्ध जित निकाल्न नेपाललाई अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो ।

श्रीलंका विरुद्धको त्यो खेलमा नेपाल १–० ले विजयी भए तापनि टोलीको प्रदर्शन खासै लोभलाग्दो देखिएन ।

बिहीबार माल्दिभ्स विरुद्ध नेपाली महिला फुटबल टोली भिड्दा धेरैले नेपाली टोलीले फेरि गोलका लागि संघर्ष गर्नुपर्ने लख काट्न थालेका थिए । तर, त्यो खेल नेपालले ३–० ले जित्यो । खेलको स्टार बनिन साबित्रा भण्डारी ।

नेपालको जितमा साबित्राले ह्याट्रिक गरिन् ।

यो जितसँगै नेपाली महिला फुटबल टोलीले फाइनल स्थान लगभग पक्का गरेको छ ।

लिग चरणको अन्तिम खेलमा नेपालले बलियो भारतसँग खेल्नेछ । सम्भवतः स्वर्णका लागि नेपालले त्यहि भारतसँग फाइनल खेल्ने पनि पक्का पक्की जस्तै छ ।

Post Comments