News शानदार जितका साथ भुटान फाइनलमा
गोलनेपाल

जारी १३औं सागको पुरुष फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेको भुटानले स्वर्णका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा भुटानले श्रीलंकामाथि ३–० को जित निकाल्दै फाइनल स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा बंगलादेश र माल्दिभ्स जस्तो पदकको दावेदारलाई हराएको भुटानले लिग चरणमा नेपालसँग मात्र हार बेहोरेको थियो । शनिबारको यो जितसँगै भुटानले कम्तिमा पनि फुटबलमा रजत पदक पक्का गरेको छ ।

प्रतियोगिता अन्तरगत नेपालले आइतबार बंगलादेशसँग खेल्नेछ । जुन खेलको नतिजाले नै फाइनलमा भुटानको प्रतिद्वन्द्वीको टुँगो लाग्नेछ । ३ खेलबाट ७ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । उता ९ अंक जोडेको भुटान शिर्ष स्थानमा छ ।

Post Comments