काठमाडौं । अवैध रुपमा सिमा पार गर्न खोजेको आरोपमा भारतीय सुरक्षाकर्मीले चार अफ्रिकी फुटबल खेलाडीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालको घरेलु फुटबलमा राम्रै परिचय बनाएका फोफना समेत छन् ।
पक्राउ पर्नेमा क्यामरुनी खेलाडीद्वय २५ बर्षिय टिना टिना डिडेर, ३० बर्षिय अगुमी अम्बासा, २० बर्षिय गिनी बिसुका फोफना उसमाने र २२ बर्षिय बेनिनका अडजोबो ओडिलो रहेका छन् ।
स्मरण रहोस, यी चार खेलाडीहरुले केहि दिन अघिसम्म नेपालमा भएका स्थानीय फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए । भारतीय सुरक्षाकर्मीहरुका अनुसार ती चारै जनाले अवैध रुपमा नेपाल हुँदै भारत सिमामा प्रवेश गरेका थिए ।
साथै सिलिगुडी टुडेको रिपोर्टअनुसार भारतीय सुरक्षाकर्मीले तिनीहरुबाट ४८,३३० भारतीय रुपमा जफत गरेको समेत जनाएको छ । पक्राउ परेका ती चारै जनालाई आवश्यक स्वास्थ्य परिक्षण पश्चात थप कारवाहीका लागि नक्सलबारी पुलिसलाई बुझाइने समेत बताइएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न