News सुन्दर हरैचा मेयर कपको उपाधी पथरीशनिश्चरेलाई
गोपाल काफ्ले

मोरङको सुन्दरहरैंचामा जारी मेयर कप फुटबल प्रतियोगितामा पथरी शनिश्चरेले उपाधी हात पारेको छ । खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का सन्तोष न्यौपानेले गरेको गोल निर्णायक बन्दा पथरी शनिश्चरे उपाधी चुम्न सफल भएको हो । दिपक राईको पासमा सन्तोषले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा पुरै दवावमा रहेको सुन्दरहरैंचा खेलको दोस्रो हाफमा निकै आक्रमक रुपमा प्रस्तुत भएको थियो । सुन्दरहरैंचाले पाएका पटक पटका सुवर्ण अवसरहरुलाई सदुपयोग गर्न नसकेपछि नतिजा सुम्पन बाध्य भयो ।

प्रतियोगिता अन्तरगत पथरी शनिश्चरेबाट बेष्ट गोल किपर अर्जुन बस्नेत, बेष्ट मिड फिल्डर साईमन लिम्बु, बेष्ट कोच अर्जुन राई, बेष्ट मेनेजर रोशन मादेन घोषित भए भने सुन्दरहरैचाका महेन्द्र कार्की वेष्ट डिफ्रेन्स, आशिष चौधरी वेष्ट फर्वाड र उदयमान खेलाडी नितेश श्रेष्ठ घोषित भए । खेलको म्यन अफ द म्याच पथरीशनिश्चरेका सन्तोस न्यौपाने र म्यान अफ द सिरिज आयोजकका कमल खवास घोषित भएका छन ।

प्रतियोगिताको हाई स्कोर पथरीशनिश्चरेका विशाल पाण्डे र सुन्दरहरैचाका विरेन्द्र लिम्बु घोषित भए ।

पुरस्कृत सबै बिधाका खेलाडीले जनहि ५/५ हजार प्राप्त गरे भने हाई स्काेरले १० हजार प्राप्त गरेका छन । बिजेताले रु ३ लाख रुपैया प्राप्त गरेकोछ।

समापन कार्यक्रममा फुटवलका गुरु भनेर चिनिने दिलिप राई (दिलिप गुरु) लाई सम्मान गरिएकाे छ ।

विजेता तथा उपविजेता टिम र खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य चन्द्र बहादुर गुरूङ र सुन्दरहरैचाका मेयर शिव ढकालले पुरस्कार बितरण गर्नु भएको छ ।

Post Comments